केपीओली फेरि प्रधानमन्त्री नियुक्त

2021-05-13 मा प्रकाशित

झापा ३० वैशाख । वैकल्पिक सरकार गठन गर्ने काङ्ग्रेस–माओवादी केन्द्रको प्रयास विफल भएपछि एमाले अध्यक्ष केपी ओली नै फेरि प्रधानमन्त्री भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा ७६ को दफा ३ अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।यसअघि वैशाख २७ गते संसद्को विश्वास गुमाएसँगै ओली पदमुक्त भएर कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका थिए ।ओलीले शुक्रवार शपथग्रहण र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ ।

संविधानको धारा ७६ ९२० अनुसार संसद्मा रहेका दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर प्रधानमन्त्री पदको दावी गर्न राष्ट्रपति भण्डारीले आज राति ९ बजे ९तीन दिन०को म्याद दिदा काङ्ग्रेस र माओबादीले बहुमत जुटाउन सकेनन् ।संसद्मा नेकपा एमालेको १२१ सांसद छन् । एमालेलाई जसपाको महन्थ–राजेन्द्र पक्षले साथ दिए बहुमत पुग्नसक्छ ।यो पक्षका १५ सांसद ओलीले विश्वासको मत मागेका बेला तटस्थ बसेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु