आज झापामा २१३ जना संक्रमित, १ को मृत्यु

2021-05-14 मा प्रकाशित

मेचीनगर, ३१ वैशाख । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज एन्टिजेनसहित २१३ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यसैगरी आजै २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ८४ महिलासहित २१३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २० महिलासहित ४४ जना, बिर्तामोडमा १६ महिलासहित ३९ जना, मेचीनगरमा १५ महिलासहित ३६ जना, भद्रपुरमा ४ महिलासहित १७ जना, कनकाईमा ९ महिलासहित १८ जना, अर्जुनधारामा ४ महिलासहित १५ जना, बुद्वशान्तिमा ८ महिलासहित १४ जना, कचनकवलमा २ महिलासहित ६ जना, कमलमा १ महिलासहित ४ जना, शिवसताक्षीमा ४ महिलासहित ९ जना, झापामा १ जना महिला र ठेगाना नखुलेका २ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ७३८३, डिस्चार्ज ४७५५, आइसोलेसनमा २४६५ जना, कुल संक्रमित एन्टिजेन ३१७ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७१ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु