पत्रकार भण्डारीलाई पितृशोक

2021-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ ।

लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति ९रासस० झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो ।

इलामको माङ्सेबुङ गाउँपालिका वडा नं। १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो ।

बुढ्यौलीका कारण दुई दशकदेखि घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका भण्डारीको शरीरमा कुनै रोग थिएन । तर, दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो ।

स्व। भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । ज्वाइँहरुमध्ये दुई जना मोहन काजी र मुक्ति पौडेल पत्रकार रहेका छन् ।काजी लोकतन्त्र पोस्टका संस्थापक सम्पादक हुन् भने पौडेल जनसंसद् दैनिकका प्रधान सम्पादक हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु