झापामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि

2021-05-15 मा प्रकाशित

मेचीनगर, १ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७५ महिलासहित १९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा १२ महिलासहित २४ जना, बिर्तामोडमा १५ महिलासहित ३६ जना, मेचीनगरमा ५ महिलासहित ८ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ७ महिलासहित १५ जना, अर्जुनधारामा ८ महिलासहित २२ जना, बुद्वशान्तिमा ३ महिलासहित ८ जना, कचनकवलमा २ जना पुरुष, कमलमा १ महिलासहित ४ जना, शिवसताक्षीमा ३ महिलासहित ११ जना, झापामा १२ महिलासहित २२ जना र ठेगाना नखुलेका १ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ७५८८, डिस्चार्ज ४८१२, आइसोलेसनमा २६१३ जना, कुल संक्रमित एन्टिजेन ३३६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७१ जना र आज निको भएर घर फर्किएका ५७ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु