सांसद बुढाथोकीलाई मातृ शोक

2021-05-16 मा प्रकाशित

मेचीनगर । प्रदेश सांसद सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।१ नम्बर प्रदेश सभा सदस्य बुढाथोकीकी आमा ८४ बर्षीय नरमाया बुढाथोकीको गए राती १०ः१५ बजे उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

मेचीनगर – ९ निवासी सांसद बुढाथोकीमा कोरोना संक्रमण भएपछि गरिएको परीक्षणमा आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।प्रारम्भिक चरणमा उपचारका लागि बिएण्डसी अस्पताल लगिएकोमा अस्पतालको उपचार सेवा र सुविधा सम्बन्धमा सांसद बुढाथोकीले असन्तुष्टि ब्यक्त गरेका थिए ।

अस्पतालको डिस्चार्ज पछि घरमै स्वास्थ्य लाभ गरिरहेकी उनलाई केही दिन अघि उपचारका लागि बिर्तासिटि अस्पताल भर्ना गरिएको थियो ।स्व। बुढाथोकीको आज स्थानीय निन्दा नदीमा नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमण पछि ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु