मेचीनगर साकोसको सेवा एक साताको लागि बन्द

2021-05-16 मा प्रकाशित

मेचीनगर, जेठ १ । मेचीनगर–९ स्थित धुलाबारीमा रहेको मेचीनगर बचत तथा ऋण सहकारी सस्था आज जेष्ठ २ गतेदेखी एक हप्ताको लागि बन्द भएको छ ।

कोरोना भाइरस दोस्रो लहरबाट जोखिम उच्च भएका कारण एक हप्ताका लागी सस्थाको प्रधान कार्यालय तथा सेवा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको हो ।

नयाँ भेरियन्टको कोरोना कोभिड १९ को संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा जारी गरेसँगै सस्थाले दिने सेबा एक हप्ताका लागि बन्द गरिएको व्यबस्थापक मानस सिटैलाले बताए ।

जिल्ला प्रशासन कार्यालय झापा तथा सहकारी विभागको सूचनाको आधारमा आज जेष्ठ २ गते देखिजेठ ८ गते शनिवारसम्मका लागि बन्द गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु