संक्रमित पत्रकारको घरघरमापुग्यो चौतारीको टोली

2021-05-16 मा प्रकाशित

झापा, २ जेठ । प्रेस चौतारी नेपाल झापाको टोली स्वास्थ्य सामाग्रीसहित संक्रमित पत्रकारको घरघर पुग्न थालेको छ ।

कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा रहेका झापाका पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री पुर्याउन चौतारीको टोली घरमै पुग्न थालेको हो ।

चौतारीको भापा शाखाले जिल्लाका सबै १० जना संक्रमित पत्रकारको घरमा स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने भ्यापुलेटर ९बाफ लिने उपकरण०, माक्सको प्याकेट र सेनेटाईजर पुरयाइएको प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीले बताए ।

आगामी दिनमा पत्रकारलाई थप सहयोग र समन्वय गर्न प्रेस चौतारी सदैव तयार रहेको प्रेस चौतारी नेपाल प्रदेश कमिटी सदस्य मिनप्रकाश उप्रेतीले बताए ।

पत्रकारहरु सन्तोष आचार्य, पर्वत पोर्तेल, राजु अधिकारी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, भीमा शिवाकोटी, पुष्प बराल, गोपिन पोखरेल, विगम श्रेष्ठ र विरु दर्नालको निवासमै पुगेर स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

हालसम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । काठमाडौंमा रहेका कमल मिश्रको निधन भएको छ ।

टोलीमा चौतारीका जिल्ला अध्यक्ष टिकाराम उप्रेती, प्रदेश कमिटी सदस्य मिनप्रकाश उप्रेती, जिल्ला उपाध्यक्ष मनकुमार गदाल र जिल्ला उपाध्यक्ष प्रदीप परियार रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु