कोरोना सङ्क्रमणबाट पत्रकार शान्तिरामको मृत्यु

2021-05-16 मा प्रकाशित

झापा, २ जेठ । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा युवा पत्रकार शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कार्की १३ औं पत्रकार हुन् । कार्की झापाको गौरादह वडा नं। ४ डोडामारी निवासी हुन् ।
३५ वर्षीय कार्की नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल शाखाका अध्यक्ष र जनता टाइम्स अनलाइनको सम्पादक थिए ।
कोरोना सङ्क्रमणपछि उनलाई उपचारका लागि काठमाडौंको मनमोहन मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिवार राति ८ बजे हस्पिटलमै उनको मृत्यु भएको थियो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आज शोक वक्तब्य जारी गरी नेपाली पत्रकारिता क्षेत्रले एक होनहार कुशल, जुझारु, ऊर्जाशील प्रतिभा गुमाएको जनाएका छन् ।
बस्नेतले दिवङ्गत कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु