देशभर आज ७ हजार ३६८जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु

2021-05-16 मा प्रकाशित

काठमाडौं,२ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौं उपत्यकामा मात्र २ हजार ६०९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौंका १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन्। यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।

तीमध्ये ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा बसेका छन्। १ हजार ३१३ जनाको आइसीयुमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।यही अवधिमा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन्। आज ७०१ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु