झापामा आज ९९ जना संक्रमित थपिए, ३ को मृत्यु

2021-05-16 मा प्रकाशित

मेचीनगर, २ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ९९ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा तीन जना छन् । जसमा मेचीनगरकी ८४ वर्षीया महिला, कमल–६ का ७८ वर्षीय पुरुष र झापा–६ का ४५ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज २१ महिलासहित ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।दमकमा ११ महिलासहित १९ जना, बिर्तामोडमा १ महिलासहित ७ जना, मेचीनगरमा ४ जना पुरुष, भद्रपुरमा १ महिलासहित ४ जना, कनकाईमा १ जना पुरुष, अर्जुनधारामा २ महिलासहित ३ जना, कचनकवलमा १ जना पुरुष, कमलमा २ महिलासहित ७ जना र शिवसताक्षीमा १ महिलासहित ३ जना, पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ७६१६, डिस्चार्ज ४८४७, आइसोलेसनमा २६०४ जना, कुल संक्रमित एन्टिजेन ३७३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७४ जना र आज निको भएर घर फर्किएका ३५ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु