झापामा आज ३५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

2021-05-17 मा प्रकाशित

मेचीनगर, ३ जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ३५७ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा एक जना छन् । जसमा अस्थायी ठेगाना भएका अर्जुनधारा–६ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज १४० महिलासहित ३५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ३५ महिलासहित ७० जना, बिर्तामोडमा १८ महिलासहित ३३ जना, गौरादहमा १ महिलासहित ५ जना, मेचीनगरमा ९ महिलासहित २४ जना, भद्रपुरमा २५ महिलासहित ८० जना, कनकाईमा १३ महिलासहित २१ जना, अर्जुनधारामा १२ महिलासहित २६ जना, बुद्वशान्तिमा ८ महिलासहित २० जना, गौरीगञ्जमा १ जना महिला, कचनकवलमा २ महिलासहित ४ जना, कमलमा १ महिलासहित ४ जना, शिवसताक्षीमा ९ महिलासहित २२ जना, बाह्दशीमा २ जना पुरुष, झापामा १ महिलासहित २ जना र ठेगाना नखुलेका ४ महिलासहित १३ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ७९४५, डिस्चार्ज ४८७३, आइसोलेसनमा २९०६ जना, कुल संक्रमित एन्टिजेन ४०१ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७५ जना र आज निको भएर घर फर्किएका २६ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु