सामाजिक अभियान द्वारा झापाका ४८ जना दृष्टिविहिन परिवारलाई राहत

2021-05-18 मा प्रकाशित

मेचीनगर, ४ जेठ । स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाका ४८ जना दृष्टिविहिन परिवारलाई राहत वितरण गरेको छ ।
झापाका विभिन्न सहरमा आफ्नो सुमधुर गीत सुनाउँदै स्वर बिक्री गरि जीवनयापन गर्ने विर्ता बजारका जेठा मुर्मु सहित दमक, गौरिगन्ज, गौरादह, सुरुङ्गा, बिर्तामोड, भद्रपुर, धुलाबारी, शान्तिनगर र शनिश्चरेका ४८ परिवारलाई अति आवश्यक ३० केजीको १ बोरा चामल, दाल, नुन, खानेतेल र नुहाउने साबुन हस्तान्तरण गरेको हो ।

अर्जुनधारा नगरपालिका–११ का अमेरिका बस्ने अरुणकुमार डाँगीले पचास हजार साठी रुपैयाँ, दुबईमा बस्ने गणेश भट्टराईले पाँच हजार, शेरबहादुर थापा, सुनिता धिमाल, देविमाया गिरी, भोला तामाङ, निता तामाङ, खगेन्द्र कुवँर, विरेन्द्र उदास, भुपेन्द्र श्रेष्ठ, मोती चौधरी, अभिप्रसाद बाँस्कोटा लगायतले सहयोग गरेकोे अभियानका अध्यक्ष गणेश ढुंगानाले बताए ।

झापा नेत्रहीन संघको सल्लाहकार तथा पूर्व अध्यक्ष दोर्णचार्य निरौलाले यस्तो विषम परिस्थितिमा गीत गाएर आफ्नो जीवीका चलाउने र हाल यो परिस्थितिमा सहर बन्दाबन्दी रहेको अवस्थामा राहत दिएर जीवन रक्षा गर्ने सबैलाई धन्यवाद दिएका थिए ।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु