झापामा आज ३०३ जना संक्रमित, ८ को मृत्यु

2021-05-18 मा प्रकाशित

मेचीनगर, ४ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ३०३ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ८ जना छन् ।

मृत्यु हुनेमा भद्रपुर–४ र ६ का ७३ र ७१ वर्षीय पुरुष, बिर्तामोड–६ का ७९ वर्षीय पुरुष, बुद्वशान्ति–७ का ४३ वर्षीय पुरुष, दमक–५ र ८ का ३५ र ६५ वर्षीया महिला, मेचीनगर–७ का ३५ वर्षीय पुरुष र कनकाई–१ का ८८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज १२८ महिलासहित ३०३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ११ महिलासहित २५ जना, बिर्तामोडमा ३५ महिलासहित ६२ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा २७ महिलासहित ५२ जना, भद्रपुरमा १९ महिलासहित ४४ जना, कनकाईमा १० महिलासहित २४ जना, हल्दीबारीमा ५ महिलासहित १५ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, बुद्वशान्तिमा ४ महिलासहित १२ जना, गौरीगञ्जमा ३ महिलासहित ८ जना, महिला, कचनकवलमा २ महिलासहित ७ जना, कमलमा १ महिलासहित ३ जना, शिवसताक्षीमा २ महिलासहित ७ जना, बाह्दशीमा १ जना पुरुष, झापामा १ जना पुरुष र ठेगाना नखुलेका ३ महिलासहित ८ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ८२२९, डिस्चार्ज ४९२४, आइसोलेसनमा ३१३२ जना, कुल संक्रमित एन्टिजेन ४१७ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १८२ जना र आज निको भएर घर फर्किएका ५१ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु