झापामा २९६ संक्रमित, ७ को मृत्यु र ३९ जना डिस्चार्ज

2021-05-19 मा प्रकाशित

मेचीनगर, ५ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २९६ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ७ जना छन् । जसमा भद्रपुर–२ का ३८ वर्षीय, ६ का ५८ वर्षीय र भद्रपुरको वडा नखुलेका ८४ वर्षीय पुरुष, दमक–५ का ७८ वर्षीय पुरुष, अर्जुनधारा–९ की ५५ वर्षीया महिला र १० का ६६ वर्षीय पुरुष र बिर्तामोडका ९२ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज १२४ महिलासहित २९६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४५ महिलासहित ८९ जना, बिर्तामोडमा २१ महिलासहित ४० जना, गौरादहमा ६ महिलासििहत ७ जना, मेचीनगरमा ८ महिलासहित २८ जना, भद्रपुरमा ११ महिलासहित ३२ जना, कनकाईमा ६ महिलासहित १८ जना, हल्दीबारीमा १ जना पुरुष, अर्जुनधारामा ८ महिलासहित २४ जना, बुद्वशान्तिमा ८ महिलासहित २० जना, गौरीगञ्जमा १ जना महिला, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ३ जना पुरुष, शिवसताक्षीमा ४ महिलासहित ८ जना, बाह्दशीमा ५ महिलासहित ६ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ८५०७, डिस्चार्ज ४९६३, आइसोलेसनमा ३३६५ जना, कुल संक्रमित एन्टिजेन ४३२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १८९ जना र आज निको भएर घर फर्किएका ३९ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु