जेठ १४ सम्म निषेधाज्ञा थपियो

2021-05-20 मा प्रकाशित

झापा ६ जेठ । आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

आदेशमा हाल जारी निषेधाज्ञालाई अवधि लम्ब्याउने र अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण अझ पनि तीब्र रुपमा फैलिइरहेको जनाउँदै त्यसलाई नियन्त्रणका लागि निषेधाज्ञा लगाउनु परेको निर्णयमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु