
2021-05-20 मा प्रकाशित
झापा,६जेठ। राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् ।निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् ।
मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
प्रतिकृया दिनुहोस्