नयाँ प्रधानमन्त्रीको दावी गर्न राष्ट्रपतिले गरिन् आह्वान

2021-05-20 मा प्रकाशित

झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको दावी प्रस्तुत गर्न आह्वान गरेकी छन् ।भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु