झापामा बिहीवार २१८ जनामासंक्रमण पुष्टि, ४ को मृत्यु

2021-05-20 मा प्रकाशित

 

मेचीनगर, ६ जेठ । झापामा बिहीवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २१८ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ४ जना छन् । जसमा कचनकवल–१ का ६० वर्षीया महिला र ४ का ४४ वर्षीय, दमक–३ का ६६ वर्षीय पुरुष र हल्दीबारीका ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ८८ महिलासहित २१८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा १० महिलासहित २२ जना, बिर्तामोडमा १६ महिलासहित ३५ जना, गौरादहमा १ महिलासहित २ जना, मेचीनगरमा ५ महिलासहित १३ जना, भद्रपुरमा १२ महिलासहित २७ जना, कनकाईमा १० महिलासहित १७ जना, हल्दीबारीमा ४ महिलासहित ६ जना, अर्जुनधारामा ७ महिलासहित २२ जना, बुद्वशान्तिमा ३ महिलासहित ६ जना, गौरीगञ्जमा २ महिलासहित ४ जना, कचनकवलमा ३ जना महिला, कमलमा १४ महिलासहित २९ जना, शिवसताक्षीमा १ महिलासहित ५ जना, बाह्दशीमा १ जना पुरुष र ठेगाना नखुलेका ३ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ८७०४, डिस्चार्ज ५०४४, आइसोलेसनमा ३४७८ जना, कुल संक्रमित एन्टिजेन ४५५ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १९३ जना र आज निको भएर घर फर्किएका ८१ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु