राजश्व अपचलन गर्नेलाई कार्वाही गर्न नेपाली काँग्रेसको माग

2021-05-21 मा प्रकाशित

मेचीनगर, ७ जेठ । नदीजन्य पदार्थको विक्री र राजस्व संकलनमा अपचलन भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली कांग्रेसले भरपर्दो छानविन प्रक्रिया अघि बढाउन तथा दोसीलाई कार्वाही गर्न माग गरेको छ ।

पार्टीको झापा क्षेत्र नं। १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नगरपालिकासँग उक्त माग गरेका हुन् ।

आज जारी प्रेस विज्ञप्तिमा सभापति उप्रेतीले खोलाको दोहनका कारण कतिपय क्षेत्रमा कुलो, पैनी र ट्युवेल जस्ता अति आवश्यक पानीका स्रोत सुकेको समाचार आइरहेको उल्लेख गर्दै नगरवासीलाई पर्न गएको पीडामा साथ दिन विरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु