झापामा शुक्रवार २४५ संक्रमित, २ को मृत्यु

2021-05-21 मा प्रकाशित

मेचीनगर, ७ जेठ । झापामा शुक्रवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २४५ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा २ जना छन् । जसमा बुद्वशान्ति–४ का ४६ वर्षीय पुरुष र मेचीनगर–१५ का ५० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज १०५ महिलासहित २४५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा १७ महिलासहित ३१ जना, बिर्तामोडमा १४ महिलासहित २७ जना, गौरादहमा १ महिलासहित २ जना, मेचीनगरमा १० महिलासहित १८ जना, भद्रपुरमा ६ महिलासहित १४ जना, कनकाईमा १५ महिलासहित २७ जना, हल्दीबारीमा ६ जना पुरुष, अर्जुनधारामा ९ महिलासहित २५ जना, बुद्वशान्तिमा १७ महिलासहित ३३ जना, गौरीगञ्जमा १ जना महिला, कचनकवलमा १ जना पुरुष, कमलमा ६ महिलासहित १४ जना, शिवसताक्षीमा १ महिलासहित ६ जना, बाह्दशीमा २ महिलासहित ३ जना, झापामा १ महिलासहित २ जना, र ठेगाना नखुलेका ५ महिलासहित ११ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ८९२१, डिस्चार्ज ५१०९, आइसोलेसनमा ३६२२ जना, कुल संक्रमित एन्टिजेन ४८३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १९५ जना र आज निको भएर घर फर्किएका ६३ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु