वडाध्यक्ष चन्दन मेचेको निधन

2021-05-22 मा प्रकाशित

मेचीनगर, ८ जेठ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ । वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन भएको हो  ।

मेचीनगर ७ जोरसिमल  निवासी ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु