दोस्रो पटक संसद विघटन, कार्तिक २६ र मंंसिर ३ मा चुनाव घोषणा

2021-05-22 मा प्रकाशित

मेचीनगर,८ जेठ  । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरी चुनावको घोषणा गर्नु भएको छ । चुनावका लागि आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको मिति घोषणा भएको छ ।

संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री दाबी गर्न राष्ट्रिपतिले दिएको समय हिजो अपरान्ह ५ बजे भित्रै बिपक्षी गठबन्धनका तर्फबाट काँग्रेस सभापति शेर बहादुर देउवा र एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको दाबी पेश गर्नु भएको थियो । उक्त दुवै जनाको दाबी नपुगेको राष्ट्रिपतिले ठहर गरेको सूचना आए पछि मध्यरातमा प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक आवहान गरेर संसद बिघटन गर्ने निर्णय सहितको सिफारिस राष्ट्रिपति कार्यालयमा पठाइको थियो ।

यस अघि पनि २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नु भएको थियो । जसलाई सर्बोच्च अदालतले गलत साबित गर्दै संसद पुनस्थपना गरिदिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु