संसद विघटनविरुद्ध अदालत जाने विपक्षी गठबन्धनको निर्णय

2021-05-22 मा प्रकाशित

काठमाडौं,७ जेठ । विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु