झापामा शनिबार २३४ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०९ जना डिस्जार्च

2021-05-22 मा प्रकाशित

मेचीनगर, ८ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३४ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ६ जना छन् । जसमा मेचीनगर–७ का ५५ वर्षीय पुरुष, गौरादह–४ का ३० वर्षीय पुरुष, हल्दीबारी–१ का २९ वर्षीय पुरुष र बुद्वशान्ति–१ का ६९ वर्षीय पुरुष, दमक–९ का ६३ वर्षीय पुरुष र कनकाई–८ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ८१ महिलासहित २३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ३४ महिलासहित ८७ जना, बिर्तामोडमा ११ महिलासहित ३४ जना, गौरादहमा २ महिलासहित ५ जना, मेचीनगरमा २ महिलासहित १२ जना, भद्रपुरमा ९ महिलासहित २४ जना, कनकाईमा ८ महिलासहित १५ जना, हल्दीबारीमा ३ महिलासहित ७ जना, अर्जुनधारामा ४ महिलासहित १२ जना, बुद्वशान्तिमा १ महिलासहित ४ जना, गौरीगञ्जमा २ महिलासहित ४ जना, कमलमा २ महिलासहित ३ जना, शिवसताक्षीमा २ महिलासहित ४ जना र बाह्दशीमा १ महिलासहित ४ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ९१३४, डिस्चार्ज ५२१८, आइसोलेसनमा ३७२३ जना, कुल संक्रमित एन्टिजेन ५०२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २०१ जना र आज निको भएर घर फर्किएका १०९ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु