झापामा आज ९७ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु र १०७ जना डिस्जार्च

2021-05-23 मा प्रकाशित

मेचीनगर, ९ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित ९७ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ६ जना छन् । जसमा भद्रपुर–२ का ५२ वर्षीय पुरुष, कनकाई–३ का ४० वर्षीय पुरुष, अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, दमक–९ का २८ वर्षीय, कमल–६ का ७३ वर्षीय र गौरादह–२ का ८४ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज २४ महिलासहित ९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ११ महिलासहित २२ जना, बिर्तामोडमा १ जना महिला, गौरादहमा १ जना पुरुष, मचीनगरमा १ महिलासहित २ जना, भद्रपुरमा ५ महिलासहित ११ जना, हल्दीबारीमा १ जना महिला, बुद्वशान्तिमा १ महिलासहित २ जना, गौरीगञ्जमा २ जना पुरुष, कमलमा २ जना महिला, शिवसताक्षीमा २ महिलासहित ४ जना, झापामा १ जना पुरुष र ठेगाना नखुलेको १ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ९१८१, डिस्चार्ज ५२७६, आइसोलेसनमा ३६५७ जना, कुल संक्रमित एन्टिजेन ५४९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २०७ जना र आज निको भएर घर फर्किएका १०७ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु