कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु

2021-05-24 मा प्रकाशित

मेचीनगर, १० जेठ ।कोरोना संक्रमणबाट मेचीनगर–१४ का एक पुरुषको मृत्यु भएको छ ।
४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालले बताए ।

ज्वरो र खोकीले सताएपछि ७ दिनअघि बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको मेचीनगर–१४ का वडाध्यक्ष शंकर पोखरेलले बताए । सोहि अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनका श्रीमती, एकजना छोरा र एउटी छोरी छन् । उनको आज दिउसो स्थानीय हडिया खोलामा नेपाली सेनाको व्यवस्थापनमा दाहसंस्कार गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु