झापामा आज १७० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु र ८१ जना डिस्जार्च

2021-05-24 मा प्रकाशित

मेचीनगर, १० जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७० जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ४ जना छन् । जसमा भद्रपुर–४ का ५१ वर्षीय पुरुष, बिर्तामोड–८ का ८५ वर्षीय पुरुष, मेचीनगर–११ का ५१ वर्षीय महिला र मेचीनगर–१४ का ४२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ४७ महिलासहित १७० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २ जना पुरुष, बिर्तामोडमा ८ महिलासहित १९ जना, गौरादहमा १ जना महिला, मचीनगरमा २ जना पुरुष, भद्रपुरमा ४ महिलासहित ६ जना, कनकाईमा ४ महिलासहित १२ जना, हल्दीबारीमा १ जना पुरुष, बुद्वशान्तिमा १७ महिलासहित ४६ जना, कचनकवलमा १ महिलासहित ४ जना, कमलमा २ जना महिला, शिवसताक्षीमा ५ महिलासहित ८ जना, बाह्रदशीमा १ महिलासहित ३ जना, झापामा १ महिलासहित ३ जना र ठेगाना नखुलेको १ जना महिलामा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ९३०६, डिस्चार्ज ५३५६, आइसोलेसनमा ३६९८ जना, कुल संक्रमित एन्टिजेन ५९५ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २११ जना र आज निको भएर घर फर्किएका ८१ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु