तरकारी खेतीको लागि सहाराले दियो किसानलाई टनेल र बाँस

2021-05-25 मा प्रकाशित

मेचीनगर, ११ जेठ । सहारा नेपाल ९साकोस० धुलाबारी शाखाले आफ्ना शेयर सदस्यहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि नगद रकम वितरण गरेको छ ।
धुलाबारी साकोसले मेचीनगरका ३० जना किसानहरुलाई तरकारी खेती गर्न टनेल र बाँस खरिदका लागि ५ हजार नगद रकम वितरण गरेको हो ।

विशेष गरेर ग्रामिण क्षेत्रका शेयर सदस्य किसानहरुलाई प्राविधिक ज्ञानसहित तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले सहराले टनेल र बाँसको व्यवस्था गर्दै आएको छ ।

गत वर्षको लकडाउनमा पनि कनकाई नगरपालिकाका पाँचसय किसानहरुलाई टनेल वितरण गरिएको साकोस केन्द्रका अनुगमन अधिकृत घनश्याम रायले बताए ।

यसपटक पनि लकडाउनमा किसानलाई कृषि कार्य गर्न सहज हुने भएकाले साकोस केन्द्र अन्तरगतको मेचीनगरको पाँच वटा शाखाले टनेल र बाँस वितरण कार्यक्रम जारी राखेको प्राविधिक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सकोस अन्तरगत ईटाभट्टाको जीवीको, भृकुटीको बौद्वमोड र चारआली शाखाले उक्त सेवा प्रदान गरिरहेको छ । यसअघि काँकरभिट्टा शाखाले पनि शेयर सदस्यहरुलाई ५१ वटा टनेल वितरण गरेको थियो ।

सोमबार धुलाबारी साकोसले पनि तीस जनालाई एकलाख ८० हजार बराबरको ३० वटा टनेल र एकजना किसानलाई तीस वटा बाँस बराबर नगद पाँच हजार रुपैयाँको दरले वितरण गरिएको शाखाका प्रमुख अरुण श्रेष्ठले बताए । टनेल वितरण कार्यक्रमको प्रमुख अतिथी मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु