हृदयाघातबाट होलिबेलका प्रिन्सिपल प्रधानको निधन

2021-05-25 मा प्रकाशित

मेचीनगर, ११ जेठ । मेचीनगर ९ स्थित होलीबेल अङ्ग्रेजी माविका प्रिन्सिपल अणु प्रधानको हृदयाघातबाट निधन भएको छ ।

६० वर्षीय प्रधानको आज विहान १० बजेतिर भारतको कोलकातामा निधन भएको हो ।

दुबै मृगौला खराब भएपछि उनी दिल्लीमा उपचारका लागि गएका थिए । त्यहाँ कोरोना संक्रमणमो महामारी बढेपछि सुरक्षित उपचारका लागि उनलाई कोलकाता लगिएको थियो ।

प्रधानको कोलकतामै दाहसंस्कार गरिने जानकारी आएको विद्यालयका सहायक इन्चार्ज सुरज कार्कीले बताए ।

उनका श्रीमती, एक छोरा र दुई छोरीहरु छन् । प्रधान विद्यालयका संस्थापक प्रिन्सिपल हुन उक्त विद्यालय उनैले स्थापना गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु