पत्रकार महासंघलाई सहकारी संघले दियो स्वास्थ्य सामग्री

2021-05-25 मा प्रकाशित

झापा, ११ जेठ । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
मंगलबार बिर्तामोड स्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो ।

सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु ९भवानी० दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

पत्रकार महासंघ झापाको आग्रहमा सहकारी संघले गुणस्तरीय मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल तीन÷तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री संघले केही दिन अघि हस्तान्तरण गरेको पनि जानकारी दिए ।

संघले महामारीका समयमा गरेका काम र अबको योजना तथा अभियानबारे जेठ १२ गते बुधबार भर्चुअल पत्रकार भेटघाट मार्फत जानकारी गराउने जनाएको छ । संघका सचिव दंगालले जुम मार्फत हुने पत्रकार सम्मेलनमा सहभागिताका लागि सबै पत्रकारमा अनुरोध गरेका छन् ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले सहकारी संघलाई धन्यवाद दिदै सहकारी संघसंँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र संघका कार्यमा सहयोग गरेर जाने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, महासंघका सदस्य राजेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु