झापामा मंगलबार २४७ संक्रमित, ९४ जना डिस्जार्च

2021-05-25 मा प्रकाशित

मेचीनगर, ११ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २४७ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा २ जना छन् । जसमा कनकाई–१ का ३२ वर्षीय पुरुष र अर्जुनधारा–११ का ६० वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज १०२ महिलासहित २४७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा १४ महिलासहित २८ जना, बिर्तामोडमा १४ महिलासहित ३१ जना, गौरादहमा ३ जना महिला, मेचीनगरमा ३१ महिलासहित ६६ जना, भद्रपुरमा १ महिलासहित ९ जना, कनकाईमा ४ महिलासहित १४ जना, हल्दीबारीमा १ जना पुरुष, अर्जुनधारामा ११ महिलासहित १७ जना, बुद्वशान्तिमा ८ महिलासहित १० जना, गौरीगञ्जमा २ महिलासहित ७ जना, कचनकवलमा १ जना पुरुष, कमलमा ८ महिलासहित १९ जना, शिवसताक्षीमा २ महिलासहित ४ जना, बाह्रदशीमा १ जना पुरुष, झापामा २ जना पुरुष र ठेगाना नखुलेको २ महिलासहित ३ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ९५२०, डिस्चार्ज ५४५०, आइसोलेसनमा ३८१६ जना, कुल संक्रमित एन्टिजेन ६२६ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २१३ जना र आज निको भएर घर फर्किएका ९४ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु