नेपाली काँग्रेस झापाले पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउने

2021-05-28 मा प्रकाशित

झापा, १४ जेठ । आइसोलेशन सेन्टरको अभाव भइरहेको समयमा नेपाली कांग्रेस झापाले पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको छ ।
कांग्रेस झापाको हालै सम्पन्न वैठकले कोरोना भाइरसविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

त्यस्तै कांग्रेसले जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा कोभिड सहायता समिति गठन समेत गरिसकेको छ ।संक्रमितको पीडामा परेका नागरिकका घरदैलोमा पुगेर सेवा र सहयोग गर्न पार्टीले गरेको निर्देशन पालना गर्न पनि आम नेता–कार्यकर्तामा आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु