मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख

2021-05-28 मा प्रकाशित

डम्बर बराल

मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी नगरपालिकाले व्यहोर्ने भएको हो ।

कार्यापालिका वैठकले दिवंगत दुवैजनाप्रति भावपुर्ण श्रद्घञ्जली र परिवारजनमा समवेदना व्यक्त गदैं शोक प्रस्ताव पारित गरेको छ । यसैगरी उक्त बैठकले २२ वटा महत्वपूर्ण निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो । रोटरी क्लब अफ काँकरभिट्टा र रोटरी क्लब अफ मेचीनगरको प्रस्ताव तथा रोटरी क्लब अफ काँकरभिट्टाको नेतृत्वमा रोटरी अन्तर्राष्ट्रिय अनुदानमा आम्दा मेची अस्पतालको जग्गामा निर्माणका लागि प्रस्ताव गरिएको अक्सिजन प्लान्टको कुल लागत अनुमान रकम ८० लाख ८ हजार ७ सय रुपैयाँ मध्ये स्थानीय सहभागिताबापतको रकम ५५ लाख ८१ हजार १ सय रुपैयाँमध्ये २५ लाख रुपैयाँ मेचीनगर नगरपालिकाबाट अनुदान रकम दिने र उक्त रकम ग्लोवल ग्राण्डका लागि रोटरी क्लब अफ काँकरभिट्टाले खोलेको वैंक खातामा निकाशा गरिदने , कोभिड १९ को संक्रमण गति तीव्र भएका कारण औषधिजन्य मालसामान स्वास्थ्य सुरक्षा सामग्री र शववाहन लगायत खरिद गर्नुपर्ने भएको हुदाँ कोभिड कोषमा जम्मा गरी मालसामान, औषधि र स्वास्थ्य सुरक्षण सामाग्री तथा शव वहानको खरिदको व्यवस्थापन गरी भुक्तानी गर्ने निर्णय समेत वैकठले गरेको छ । शव वाहन खरिद १५ लाख र प्रकोप व्यवस्थापन कोष ३० लाख गरी ४५ लाख रुपैयाँ रहेको छ ।

नगर कार्यपालिकाको २०७७ साल चैत २० को निर्णय बमोजिम गठित नदीजन्य पदार्थ राजस्व संकलनको यथार्थ विवरण बुझी छानवीन गर्न गठित नगरप्रमुख विमल आचार्य स्तरीय समिति र सो समितिबाट गठित उपसमितिले पेश गरेको प्रतिवेदन समेतका आधारमा विवादित विषयको सुक्ष्मरुपमा छानवीन गर्नुपर्ने देखिएको हुदाँ सुक्ष्मरुपबाट छानवीन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समितिको प्रतिवेदन उप—समितिबाट प्राप्त भएको विवरण कार्यपालिकाबाट भएको छानविनका कागजात समेत साथै राखेर कार्यालयकोतर्फबाट दस्तावेजीकरण गरी पठाउने समेत निर्णय कार्यपालिकाको वैठकले गरेको छ ।

मेचीनगर नगरपालिकाक्षेत्रभित्र बसोवास गर्ने विपन्न परिवारका सदस्यहरुमध्ये कोभिड १९ संक्रमणका कारण कसैको निधन भएमा दाहसंस्कार वापत नगरकार्यपालिकाको तर्फबाट सहयोग स्वरुप नगद २० हजार उपलब्ध गराउने, मेचीनगर नगरपालिका द्वारा धाइजन स्वस्थ्य चौकी मेचीनगर ११ मा सञ्चालित धाइजन आइसोलेसन सेन्टरमा आइसोलेसन सञ्चालन अवधिभर कार्यालय सहयोगी, दुईजना चौकीदार एकजना आवश्यक रहेकामा हाललाई कार्यालय सहयोगी भागिता प्रधान, आशा पाख्रीन र सुरेशकुमार रोक्कालाई करारमा जनशक्ति नियुक्ती गर्ने र सो पदमा यसअघि तोकिएको पारिश्रमिक तथा जोखिम भत्ता उपलब्ध गराउने, कोभिड संक्रमणका कारण संक्रमित भएका विपन्न परिवारका सदस्यहरुमा खाद्यन्न अभाव हुन नदिन टोल विकास संस्थाहरु र गैरसरकारी संघ संस्था परिचालन गर्ने गरी वडामा सर्वदलिय सर्वपक्षीय समिति गठन गरी फूड बैंक स्थापना गर्ने र सोहि फूड वैंक मार्फत विपन्न परिवारलाई खाद्यन्नको व्यवस्था मिलाउने, कोभिड संक्रमणका कारण सामाजिक जीवन ठप्प भएको र सवै प्रकारका आर्थिक क्रियाकलापमा क्षति पुगेको र कोभिड संक्रमण निन्त्रण हुन नसकेकोमा ठूलो धनजनको क्षति समेत देखिएको हुदाँ काभिड संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक खोपको व्यवस्थापन गर्ने र नगरपालिकालाई खोप खरिद गर्ने अनुमतीका लागि समेत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

यसैगरी, वैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आदर्श माध्यमिक विद्यालय, मेचीनगर— ८ आयावारी, कञ्चनजंघा आधारभूत विद्याल मेचीनगर— ८ र कवि शिरोमणि माध्यमिक विद्यालय मेचीनगर— ९ लाई प्रति विद्यालय १८ लाख प्राप्त भएकोमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गर्ने गरी उक्त रकम सम्बन्धित विद्यालयको खातामा निकाशा गरिदने, कोभिड संक्रमणको गति तीव्र भएका कारण संक्रमितको पहिचान गर्न परीक्षणको दायरा बढाउनुपर्ने भएका कारण एन्टीजेन खरिद गरी कोभिड परीक्षणको दायरा बढाउने, मेचीनगर नगरपालिका वडानम्बर २ बाट ४ जाने भृकुटी मार्ग कालोपत्रे सडक निर्माण आयोजना कोड नम्बर ३९ समपुरक रोड २०७६ ÷२०७७ को निर्माण समय थप गर्ने आवश्यकता देखिएको हुदाँ २०७८ असार २० गतेसम्म समय थप गर्ने, मेचीनगर नगरपालिकाले विभिन्न मितिमा निर्णय गरी निर्माण कम्पनि ठेकदार र उद्योगीहरुबाट नदीजन्य पदार्थ उत्खनन संकलनका लागि माग गरे बमोजिम अग्रिम राजस्व रकम लिई नदीजन्य पदार्थको उत्खनन संकलनको अनुमति दिएकोमा अनुमति बमोजिमको नदीजन्य पदार्थ उत्खनन संकलन भए नभएको नाप जाँच गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न अनुगमन पदाधिकारीहरुलाई तोक्ने साथै नदीजन्य पदार्थ उत्खनन संकलन गर्ने स्वीकृती दिएका ठेकदार निर्माण व्यवसायी र उद्योगीहरुबाट वढी उत्खनन संकलन गरेको देखिएकोमा यो परिमाणको रकम तत्काल जम्मा गर्न लगाउने र अनुमति दिइएको भन्दा कम उत्खनन संकलन गर्ने ठेकदार निर्माण व्यवसायी र उद्योगीहरुलाई बाकी रहेको परिमाण उत्खनन संकलनको अनुमति दिने समेत कार्यपालिका वैठकले निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो । मेचीनगर नगरपालिका वडानम्बर १० को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत किशोर राजवंशीले राजिनामा दिएको र निजको स्थानमा नियुक्तीका लागि सोहि वडाबाट सीफारीस भई आएका निरज खरेललाई १० नम्बर वडाको कार्यालयमा कामकाज गर्ने गरी र मेचीनगर नगरपालिकाबाट कोभिड १९ संक्रमणबाट निधन भएका मृतकहरुको शव व्यवस्थापनका लागि सञ्चालन गरिएको शव वाहनको चालकमा विक्रम माझीलाई करारमा नियुक्ती गर्नेलगायतका निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु