आज गणतन्त्र दिवस

2021-05-29 मा प्रकाशित

झापा, १५ जेठ । आज गणतन्त्र दिवस । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पूरा भइ १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले शनिबार औपचारिकरुपमा गणतन्त्र दिवस मनाउँदै छन् ।

निर्वाचित संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिन पनि हो ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको भएपनि यो वर्ष कोभिड १९ महामारीका कारण निक्कै तामझामका साथ मनाईएन् । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा पनि जेठ १५ लाई संघीय लोकतान्त्रिक गणतन्त्र दिवसका रुपमा मनाउँदैं आइएको छ ।
नेपाल सरकारले हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गदैं आएको भए पनि केहीवर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरि संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुखले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु