मेचीनगरका ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

2021-05-29 मा प्रकाशित

मेचीनगर, १५ जेठ । मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१० स्थित शारदा सिसु ईङ्लिस बोडिङ स्कुल छेउका ६२ वर्षीय पुरुषको आज विहान २ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।

उनलाई १८ दिनदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा नै एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको थियो ।उनको दिउसो स्थानीय निन्दा खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भईरहेको बरालले जानकारी दिए ।योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु