रोट्रयाक क्लबले दियो मेचीनगरक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री

2021-05-30 मा प्रकाशित

मेचीनगर, १६जेठ ÷ रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको हो ।

रोट्रयाक क्लबले मेचीनगर—७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, मेचीनगर—१५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट ज्यामिरगढी, नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी सतिघट्टा र सीमा प्रहरी चौकी नकलबन्दालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

क्लबका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठ र मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले दुईवटै सुरक्षा निकायका प्रमुखहरुलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । ४ सय ५० थान सर्जिकल मास्क, २८ पिस सेनिटाइजर र १६ वटा फेस शिल्ड वितरण गरेको हो ।

यसैगरी, क्लबले सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगी, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट तिरिङ खोला, नेपाल प्रहरीको प्रहरी चौकी बाहुनडाँगी प्रहरी चौकी तिरिङ खोलामा कार्यरत सुरक्षाकर्मीहरुलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेको थियो । वैंक अफ काठमाण्डौ विर्तामोड शाखाको सहयोगमा १ थान प्लस अक्सिमिटर, ८ सय पिस सर्जिकल मास्क,५५ पिस सेनिटाइजर,१ सय वटा ग्लोब्स र ३६ वठा फेस शिल्ड प्रदान गरेको हो । मेची उद्योग बाणिज्य संघका सचिव रविचन्द नेपाल र कार्यसमिति सदस्य दीपेन्द्रराज पाण्डे तथा क्लबका अध्यक्ष इञ्जिनियर विवेक श्रेष्ठले ती सामग्री प्रदान गर्नुभएको थियो । यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट नकलबन्दाका प्रमुख विओपी पति पशुपति पुरीलाई पल्स अक्सिमिटर र तापक्रम मापन गर्ने थर्मल गन एक÷एकथान, मास्क २ सय थान र काँकरभिट्टा तथा इटाभट्टामा रहेका केही सुरक्षाकर्मीललाई ३ सय थान मास्क, ९ पिस फेस शिल्ड र ७ लिटर सेनिटाइजर प्रदान गरेको थियो ।

सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसी, याम दाहाल नेपाल प्रहरीका सुर्य वस्नेतलगयातले स्वास्थ्य सामाग्री ग्रहण गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं अध्यक्ष इञ्जिनियर श्रेष्ठले रोट्रयाक सामाजिक उत्तरदायित्व बहन गर्नबाट कहिले पछि नहट्ने भएकाले अहिले विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ नियन्त्रण र रोकथाममा पनि अग्रसर रहेको र साथ सहयोग उपलध गराउने प्रतिवद्घता व्यक्त गर्नुभयो । मेची उद्योग बाणिज्य संघका सदस्य युवा व्यवसायी दीपेन्द्रराज पाण्डेले रोट्रयाकले निक्कै प्रशंसनिय काम गरेको भन्दैं अहिले हरेकक्षेत्र कोभिड १९ नियन्त्रण र रोकथाममा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सुरक्षकर्मीहरुले यस्ताखालका कार्यले हरेक सुरक्षाकर्मीलाई काम गर्न उर्जा थप्ने प्रतिक्रिया व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु