अक्सिजन प्लान्टमा सहयोग गर्न मेची उद्योग वाणिज्य संघको अपिल

2021-05-30 मा प्रकाशित

धुलाबारी,१६जेठ । आम्दा मेची अक्सिजन प्लान्ट जडान तथा अस्पताल स्तरोन्नति अभियानमा साथ दिन मेची उद्योग वाणिज्य संघले सबैसँग अपिल गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सबैसँग सहयोगको अपिल गरेको हो । संघले भरपर्दो र व्यवस्थित अस्पताल बनाएर मेचीनगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प लिएको जनाएको छ ।

मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालको त्रिपक्षीय सहमति र सहकार्य अनुरुप आम्दा मेचीलाई स्वास्थ्य उपचारको थलोको रुपमा स्थापित गरिने अवधारणा अनुरुप अभियान सञ्चालन गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालनसहित अस्पतालको अन्य भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक १ करोड ५० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । जसमा मेचीनगर नगरपालिकाबाट २५ लाख, मेची उद्योग वाणिज्य संघको तर्फबाट १५ लाख, झापाका रोटरी क्लव तथा रोटरी इन्टरनेशनलका तर्फबाट ३५ लाख रुपैयाँ गरी ७५ लाख रुपैयाँ व्यवस्थापन भइसकेको जनाइएको छ ।

अन्य अपुग ७५ लाख रुपैयाँ रकम मेची उद्योग वाणिज्य संघको अगुवाइमा सहयागी दाताबाट संकलन गर्न अपिल गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, उपाध्यक्ष कपिल क्षेत्री, महासचिव धु्रव कनाल लगायत कार्यसमितिका सदस्यहरुले आफ्ना विचार राखेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु