झापामा २६५ संक्रमित, ६ को मृत्यु

2021-05-30 मा प्रकाशित

मेचीनगर, १६ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २६५ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–८ का ७१ वर्षीय पुरुष, बिर्तामोड–१ का ७७ वर्षीय पुरुष, मेचीनगर–१२ का ४२ वर्षीय पुरुष, बुद्वशान्ति–३ का ७७ वर्षीया महिला, अर्जुनधारा–९ का ५४ वर्षीया महिला र मेचीनगर–६ का ६६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ९५ महिलासहित २६५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ८ महिलासहित २२ जना, बिर्तामोडमा १० महिलासहित २४ जना, गौरादहमा १ महिलासहित ३ जना, मेचीनगरमा २१ म्हिलासहित ३२ जना, भद्रपुरमा १३ महिलासहित २७ जना, कनकाईमा ११ महिलासहित १९ जना, अर्जुनधारामा ४ महिलासहित ११ जना, बुद्वशान्तिमा ४ महिलासहित ७ जना पुरुष, गौरीगञ्जमा १ महिलासहित २ जना, कमलमा ४ महिलासहित ६ जना, शिवसताक्षीमा ६ महिलासहित १० जना र झापामा १ १२ महिलासहित २८ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १०३३६, डिस्चार्ज ६००५, आइसोलेसनमा ४०५० जना, कुल संक्रमित एन्टिजेन ८११ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २४० जना र आज निको भएर घर फर्किएका १०५ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु