मेचीनगरका ३८ पत्रकारलाई महासंघले दियो स्वास्थ्य सामग्री

2021-05-31 मा प्रकाशित

मेचीनगर,१७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले मेचीनगरका पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोरोना संक्रमण जोखिमका वापजुत सञ्चारकर्ममा सक्रिय रहेका मेचीनगरका ३८ जना फ्रन्टलाइमा रहेका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासंघ झापा अध्यक्ष एकराज गिरीसहितको टोलीले सेनिटाइजर, फेस शिल्ड, सर्जिकल तथा कपडाका मास्क, केही थान थर्मोमिटरलगायतका सामग्री प्रेस क्लब मेचीनगरलाई हस्तान्तरण गरेको थियो । सोहि सामग्री प्रेस क्लब मेचीनगरले नगर भित्र रहेका पत्रकारहरुलाई वितरण गरेको थियो ।

सो अवसरमा महासंघ झापा अध्यक्ष गिरीले कोभिडबाट बचेर सञ्चारकर्ममा लाग्न सबै पत्रकारहरुलाई आग्रह गरे । उनले कोभिडको समयमा सावधानी अपनाउँदै समाजमा घटेका सत्यतथ्य घटनाबारे आम नागरिकलाई सुसूचित गराउन अनुरोधसमेत गरे ।

प्रेस क्लब मेचीनगरको कार्यालय संक्षिपप्तरुपमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ झापा अध्यक्ष गिरी, प्रेस क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी लगायतले बोलेका थिए ।

सोही अवसरमा झापाली सञ्चारकर्मीहरुको अभिभावक संस्था पत्रकार महासंघ झापा शाखालाई प्रेस क्लब मेचीनगरको तर्फबाट एक हजार थान मास्क प्रदान गर्ने क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको समापन क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ झापाको तर्फबाट अध्यक्ष, उपाध्यक्षसहित कोषाध्यक्ष रञ्जीत प्रसाई, सदस्य रञ्जीत परियार, प्रेस क्लब मेचीनगरका पदाधिकारी, पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु