चीनबाट अनुदानको खोप काठमाडौं आइपुग्यो

2021-06-01 मा प्रकाशित

काठमाडौं,१८ जेठ । चीनबाट मंगलबार ८लाख डोज खोप नेपाल आएको छ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप काठमाडौं आइपुगेको हो । उक्त खोप नेपाल एयरलाइन्सको विमानबाट ल्याइएको थियो ।

एक साताअधि राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच खोपका बिषयमा छलफल भएको थियो । कुराकानीका क्रममा सँग अघिल्लो चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।अनलाइन खबरबाट

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु