संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ

2021-06-01 मा प्रकाशित

मेचीनगर,१८ जेठ । पछिल्लो समय जनप्रतिनिधिहरु वडाबासीहरुको स्वास्थ्य सुरक्षामा चासो बढाउन थालेका छन् । कोरोना संक्रमण तीब्र बन्दै गएपछि उनीहरु यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्न थालेका हुन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ मा का जनप्रतिनिधिहरु समेत यस्तै अभियानलाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे कोरोना संक्रमितहरुको घर घरमा पुगेर औषधी, खाद्यान्नलगायत सहयोग पुर्याइरहेका छन् । वडाले मंगलबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहयोगमा वडामा रहेका कोरोना संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ गरेको छ ।

वडाध्यक्ष धिमाल, सदस्य मेचे सहित काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुली, उपाध्यक्ष गोविन्द गिरी, कार्यालय प्रमुख दिपक पोखरेललगायतको टोलीले आज संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ गरेको हो ।वडाले थप संक्रमण नफैलोस भनेर संक्रमित परिवारको घरको कोठा, आगन, बाथरूमलगायतमा सेनिटाइजिङ गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु