मेचीनगरका १६६ जनाले जिते कोरोनालाई

2021-06-01 मा प्रकाशित

मेचीनगर, १८ जेठ । कोरोना संक्रमण तीब्र बन्दै जाँदा निकोभएर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । मेचीनगरमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १६६ जना पुगेको छ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या १६६ जना पुगेको बताए ।

धाइजनको आईसोलेसन सेन्टर, मेची प्रादेशिक अस्पताल भद्रपुर, विराटनगरको कोशी अस्पताल, वीपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरान लगायतका विभिन्न अस्पतालबाट मेचीनगरका संक्रमितहरु निको भएर घर फर्किएको यादवले जानकारी दिए ।उनले मेचीनगरमा हालसम्म ६१६ जना संक्रमित रहेको र २० जनाको कोरोनाकै कारण ज्यान गइसकेको बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु