काठमाडौं उपत्यकामा पुन १० दिन निषेधाज्ञा थप्ने तयारी

2021-06-02 मा प्रकाशित

काठमाडौं,१९ जेठ । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

२० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु