निषेधाज्ञ पालना नगर्नेलाई भाटा हान्दै प्रहरी

2021-06-02 मा प्रकाशित

मेचीनगर, १९ जेठ । के तपाई काम बिना लखरलखर हिड्दै हुनुहुन्छ ? यदि त्त्यसो हो भने तपाइको ढाडले दुःख पाउने निस्चित छ । यतिखेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निषेधाज्ञको पूर्ण पालना नगर्ने व्यक्तिलाई भाटा हान्दै दुई घण्टा तातो घाममा राखेर छाड्ने गरेको छ ।

निषेधाज्ञको पूर्ण पालना नगर्ने करिव २५० भन्दा बढी व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय नजिकै राजमार्गको होल्डमा २ घण्टा तातो घाममा राखेर अबदेखि काम बाहेक घरबाट बाहिर निस्केर लखर लखर नहिड्न सजायसहितको सुझाव दिएर पठाउने गरिएको डीएसपी सुनिल सिंह दाहालले बताए ।

काम बाहेक अनावश्यक घरबाहिर निस्कने, मोटरसाइकल, साइकल, सिटी, ट्याम्पो कुदाउने, पसल खोल्ने लगायतका व्यक्तिहरुलाई निषेधाज्ञ सुरु भएदेखि हालसम्म २५० भन्दा बढीलाई नियन्त्रणमा लिई तातो घाममा राखेर छाड्ने गरिएको उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु