झापामा आज २२९ जनामा कोरोना संक्रमण पुष्टि, ४को मृत्यु

2021-06-02 मा प्रकाशित

मेचीनगर, १९ जेठ । झापामा बुधबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २२९ जना संक्रमित थपिएका छन् ।त्त्यसैैगरी आज चार जनाको मृत्यु भएको छ । मृत्त्यु हुनेमा इटहरी–११ का ७० वर्षीया महिला, बिर्तामोड–५ का ५५ वर्षीया महिला, भद्रपुर–८ का ५२ वर्षीय पुरुष र बिर्तामोड–४ का ६३ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ९१ महिलासहित २२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४० महिलासहित ६६ जना, बिर्तामोडमा ८ महिलासहित २५ जना, मेचीनगरमा ८ जना पुरुष, भद्रपुरमा १५ महिलासहित ३२ जना, कनकाईमा ६ महिलासहित १४ जना, हल्दीबारी २ महिलासहित ५ जना, अर्जुनधारामा ६ महिलासहित १२ जना, बुद्वशान्तिमा १ महिलासहित ८ जना, गौरीगञ्जमा १ जना पुरुष, कचनकवलमा १ महिलासहित ४ जना, कमलमा ३ जना पुरुष, शिवसताक्षीमा ५ महिलासहित ७ जना, बाह्रदशीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ३ जना र ठेगाना नखुलेका २ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा जम्मा संक्रमितको संख्या १०८९३ , डिस्चार्ज ६२८०, आइसोलेसनमा ४३२१ जना, कुल संक्रमित एन्टिजेन ९७७ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २५१ जना र आज निको भएर घर फर्किएका ४२ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु