खेलकुद पत्रकार मञ्च झापाले दियो , स्वास्थ्य सुरक्षा सामग्री

2021-06-02 मा प्रकाशित

झापा, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।मञ्चले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजित मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् । मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र फेससिल हस्तान्तरण गरेको हो ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिदै मञ्चसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार लगायतको सहभागिता रहेको थियो ।

हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एक जनाको निधन भएको र हाल पाँच जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु