झापामा पुनः थपियो निषेधाज्ञा

2021-06-03 मा प्रकाशित

झापा, २० जेठ । झापामा जेठ मसान्त सम्मका लागि निषेधाज्ञा थपिएको छ ।
डिसीसीएमसी झापाको आज बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।बैशाख २० गतेदेखि निषेधाज्ञा र २२ गतेदेखि फेरि पूर्ण निषेधाज्ञा शुरु भएको आज एक महिना पुगेको छ ।

जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको छ ।खाद्यान्नका पसल हप्तामा २ दिन खोल्न दिने निर्णय भएको छ । जसमा आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।बैठकमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु