स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नैमा सांसद बाँनियाको जोड

2020-05-28 मा प्रकाशित

झपा,१५ जेठ÷झापा क्षेत्रनम्बर ३का प्रदेश सांसद बसन्त बाँनियाले झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले स्वास्थ्य तथा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्नै बताएका छन्
बिहीबार प्रदेश १ संसदको बैठकमा बिशेष समय लिएर बोल्दै उनले सो काुरा बताएका हुन । सांसद बाँनियाले झापा ३ नम्बर क्षेत्रको कचनकवल गाँउपालिकामा मात्र ४८ जनामा कोरोना संक्रमण झैलिसकेको भन्दै चिन्ता व्यक्तगरे । आफ्नो निर्वाचन क्षेत्रमा भारतको बंगाल र बिहार सँग सीमा जोडिएको ४६ किमि क्षेत्र खुल्ला सिमाना रहेकोले हरेक दिन संक्रमितहरुको संख्या बढ्दै गएको र संक्रमितहरुको स्वास्थ्य परीक्षण र औषधी उपचारको भरपर्दै ब्यवस्था मिलाउन सरकारलाई अनुरोध गरे । सांसद बाँनियाले सोक्षेत्रमा ३सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको र अझै पनि १सय ४३ जनाको स्वप परीक्षण नभएको भन्दै तत्काल स्वप परीक्षणको व्यवस्था मिलाउन जोड दिए । उनले झापा जिल्लामै पिसिआर कोरोना बिशेष अस्पताल र पिसिआर परीक्षण ल्याप बनाउने सरकारी निर्णयको स्वागत गर्दै तत्काल कामथाल्न समेत सुभाव दिए । सांसद बाँनियाले स्वास्थ्य कर्मि र कर्मचारीहरुको थप व्यवस्था गर्नु पर्नैमा समेत जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु