मेचीनगरमा ५६ सहित झापामा २८५ जना संक्रमित

2021-06-04 मा प्रकाशित

मेचीनगर, २१ जेठ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ९२ महिलासहित २८५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ६ महिलासहित ११ जना, बिर्तामोडमा १४ महिलासहित ३७ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा २८ महिलासहित ५६ जना, भद्रपुरमा ५ महिलासहित १२ जना, कनकाईमा ११ महिलासहित २४ जना, हल्दीबारीमा ६ महिलासहित १७ जना, अर्जुनधारामा ३ महिलासहित १६ जना, कमलमा ३ महिलासहित ४ जना, शिवसताक्षीमा १० महिलासहित २६ जना, बाह्रदशीमा ३ महिलासहित ४ जना र झापामा १ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा जम्मा संक्रमितको संख्या ११२६४, डिस्चार्ज ६५४८, आइसोलेसनमा ४४२० जना, कुल संक्रमित एन्टिजेन १०८३ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २५५ जना र आज निको भएर घर फर्किएका ८६ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु