बाहुण्डाँगी जेसीजद्धारा आगलागी पीडितलाई राहत

2021-06-05 मा प्रकाशित

बाहुण्डाँगी,२२ जेठ । शनिवार दिउँसो आगलागी भएका मेचीनगर २ भृकुटीका जोगमाया देवान राईको परिवारलाई बाहुण्डाँगी जेसीजले राहत वितरण गरेको छ ।
मानवताको सेवा नै जीवनको सर्वोतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै जेसीजले आगलागी भएको २ घण्टा बित्न नपाउँदै खाद्यन्न सामाग्री सहित नगद सहयोग गरेको हो । शाखा अध्यक्ष दिपक बरालको नेतृत्वमा गएको टोलीले नगद ५ हजारसहित २ बोरा चामल, ५ केजी तेल, ५ केजी चिनी, ५ केजी नुन, मसला, आलु, प्याजलगायतका सामाग्री प्रदान गरेको थियो । आर्थिक अवस्था कमजोर भएका राई परिवारकी जोगमाया राई आफैमा शारीरिक अशक्क्त ९प्यारालाइसको विरामी० हुन । घरमा सुगुँरलाई चारो पकाउने क्रममा दाउराबाट सल्किएको आगोले घरमा भएका सम्पूर्ण सामाग्री जलेर नस्ट भएको थियो ।

राहत वितरणमा मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपाने, शाखाका पूर्व अध्यक्ष किरण नेपाल, महासचिव केवल निरौला, अध्यक्ष सल्लाहकार देबु बानियाँ, पूर्व कार्यकारीणी उपाध्यक्ष कमल गोले, खेल संयोजक कुमार आचार्य, वातावरण संयोजक सन्तोष भारती, संचार संयोजक रोशन गिरी, सदस्य विकास निरौलालगायतको सहभागितामा राहत वितरण गरिएको हो ।

वडा अध्यक्ष न्यौपानेले आपतकालिन अवस्थामा मानवीय सेवामा रहेको संस्था जेसीजले राई परिवारलाई तुरुनतै गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत मानवीय सेवामा लाग्न र वडाले गर्ने सहयोगमा सधैँ सहकार्य गर्ने बताए । शाखा अध्यक्ष दिपक बरालले कोभिडको महामारीका कारण शाखाले कार्यक्रम गर्न असहज भइरहेको अवस्था भए पनि प्राकृतिक विपत्तीमा परेको परिवारलाई थोरै भए पनि राहत होस भन्ने उदेश्यले सहभागि भएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु